बसको ठक्करले नेकपा एमाले चाँगुनारायणका युवा नेता तिमिल्सिनाको मृत्यु

भक्तपुर, चैत्र १२
नेकपा एमाले चाँगुनारायणका युवा नेता रमेश तिमिल्सिनाको सवारी दुर्घटनामा गए राती मृत्यु भएको छ । भक्तपुर सल्लाघारीस्थित सिर्जनानगरमा तिमिल्सिना सवार मोटरसाइकललाई बसले ठक्कर दिँदा मृत्यु भएको हो ।
प्रहरीका अनुसार शुक्रवार राती ८ बजे सिर्जनानगरस्थित बस पकेटमा राधेराधेबाट सल्लाघारी तर्फ आउदै गरेको बा. ४ ख. २००१ नं हेलम्बु यातायतको बसले सोही दिशा तर्फ आउदै गरेको प्रदेश नं ३–०२–००६ प ६११४ नं को मोटरसाइकललाई ठक्कर दिँदा चाँगुनारायण नगरपालिका–८, सुडालका तिमिल्सिना गम्भिर घाईते भएका थिए ।


घाईते तिमिल्सिनालाई उपचारका लागि डा. इवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा राती ८ः२५ बजे मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताउनुभयो ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र बस चालक सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाण्डौ माकलबारी बस्ने २८ वर्षिय सागर विक्रम थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रनाउ पाढडेले जानकारी दिनुभयो ।