सीता परियार बनिन पहिलो दलित महिला प्रजिअ

भक्तपुर, फागुन ५
भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी सीता परियार दलित समूदायबाट प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बन्ने पहिलो महिला बन्नुभएको छ । गृह मन्त्रालयले बिहिवार परियारलाई हुम्ला जिल्लाको प्रजिअको जिम्मेवारीमा खटाएसँगै उहाँ नेपालको पहिलो दलित महिला प्रजिअ बन्नुभएको हो ।
कास्कीको रुपा गाउँपालिका–१ स्थायी घर भई हाल काठमाण्डौं बुढानिलकण्ठ बस्दै आउनुभएका परियारले यसअघि तत्कालिन दोलखा जिल्ला विकास समितिको स्थानीय विकास अधिकारीको जिम्मेवारी सम्हाल्नु भएको अनुभव रहेको छ ।
त्यसैगरी उहाँसँग धनुषाको जनकपुरधाम उपमहानगरपालिका, काठमाण्डौंको किर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरेको अनुभव समेत रहेको छ । परियारले ६ महिना अघि मात्र भक्तपुरको सहायक प्रजिअको जिम्मेवारी सम्हाल्नु भएको थियो ।