हिउँले धकमक्क नगरकोट

भक्तपुर, माघ २१
भक्तपुरको रमणीय पर्यटकीय क्षेत्र नगरकोटमा हिउँले धकमक्क भएको छ । शनिवार रातीदेखी बदली भएको मौसमसँगै शुक्रवार मध्यान्ह हिउँ पर्न थालेपछि नगरकोट क्षेत्र हिउँले धकमक्क भएको हो ।
स्थानीयका अनुसार नगरकोट क्षेत्रमा उक फिटसम्म हिउँ जमेको छ । हिउँ पर्न दिउँसो ४ बजेतिर रोकिएपनि पुनः पर्न सक्ने जनाएको छ । नगरकोट क्षेत्र बाहेक चाँगुनारायण नगरपालिकाको कलमसी, बतासे डाँडा, बोजिनी ड्याम, सुडाललगायतका क्षेत्र हिँउले धकमक्क ढाकेको छ ।
नगरकोटमा हिउँ परेको दृष्य स्थानीय होटल व्यवसायीलगायतले सामाजिक सञ्जालमा राखेपछि नगरकोटमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको चहल पहल बढेको छ । दिउँसो देखी नै नगरकोटमा हिउँ खेल्न जानेको घुईंचो लाग्न थालेको स्थानीयले बताएका छन ।
तस्विर ः विदुर नेपालको फेसबुकबाट