नेपाली कांग्रेस मतगणना – ३७३९ मतमा देउवालाई १७९८

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले १७९८ मत प्राप्त गर्नुभएको छ । हालसम्म गणना भएको ३७३९ मतमा देउवाले १७९८ मत प्राप्त गर्नुभएको हो ।
सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले १४१३ मत प्राप्त गर्नुभएको छ भने प्रकाशमान सिंहले २८६, विमलेन्द्र निधिले २०१ र कल्याण गुरुङले १९ मत प्राप्त गर्नुभएको छ ।