कांग्रेस मतगणना अपडेट – ३९७७ मतमा देउवालाई १९००

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको लागि भएको निर्वाचनमा शेरबहादुर देउवाले १९०० मत प्राप्त गर्नुभएको छ । हालसम्म गणना भएको ३९७७ मतमा देउवाले १९०० मत प्राप्त गर्नुभएको हो ।
सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले १४६७ मत प्राप्त गर्नुभएको छ भने प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ ।