कांग्रेस मतगणना अपडेट – ४२७६ मा देउवालाई २०४६

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा जारी सभापति पदको मतगणनामा ४२७६ मत गणना भएको छ । जसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २०४६, डा. शेखर कोइरालाले १६१५, प्रकाशमान सिंहले ३३५, विमलेन्द्र निधिले २३८ र कल्याण गुरुङले १९ मत प्राप्त गर्नुभएको छ ।