गृहमन्त्री खाँण देउवाको सन्देश लिएर सिंह निवास चाक्सीबारीमा

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने लगभग निश्चित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँण प्रकाशमान सिंहको निवास चाक्सीबारी पुग्नुभएको छ ।
दोस्रो चरणको निर्वाचनमा देउवाको पक्षमा समर्थन जुटाउन गृहमन्त्री खाँण सिंहको निवासमा पुग्नुभएको स्रोतले जानकारी दिएको छ ।