कांग्रेस मतगणना अपडेट – देउवाको अग्रता कायमै

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको सभापतिको लागि भएको निर्वाचनको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायम रहेको छ । पछिल्लो मत परिणाम अनुसार मतगणना भएको ४५६३ मत मध्ये देउवाले २१४२ मत प्राप्त गर्नुभएको छ ।
सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले १७०८ मतका साथ देउवालाई पछ्याईरहनु भएको छ । सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले ३५५, विमलेन्द्र निधिले २४५ र कल्याङ गुरुङले २० मत प्राप्त गर्नुभएको छ ।