कांग्रेस महाधिवेशन – १७०० मतमा देउवालाई १८५ मतको अग्रता

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवाले अग्रता कायम राखेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानको १७०० मत गणना गर्दा देउवाले ८११ मतका साथ अग्रता कायम राख्नुभएको हो । उहाँले १८५ मतको अग्रता लिनुभएको छ ।
मतगणनामा सभापतिका प्रत्यासी डा. शेखर कोइरालाले ६२६, प्रकाशमान सिंह १४९, विमलेन्द्र निधि ९७, कल्याण गुरुङ ६ मत प्राप्त गर्नुभएको छ ।