कांग्रेस मतगणना अपडेट – १३०६ मतमा देउवा ६२६, कोइराला ४८२

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको जारी मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले ६२६ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ । निर्वाचन समितिका अनुसार हालसम्म गणना गरिएको १३०६ मतमा देउवाले ६२६ मत प्राप्त गर्नुभएको हो ।
देउवालाई पछ्याइरहनुभएका अर्का प्रत्यासी शेखर कोइरालाले ४८२ मत ल्याउनुभएको छ । त्यसैगरी सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले १०२ विमलेन्द्र निधिले ८७ र कल्याण गुरुङले ४ मत ल्याउनुभएको छ ।