कांग्रेस महाधिवेशन अपडेट ः सभापतिमा देउवाको अग्रता कायमै

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापतिको लागि भएको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायम रहेको छ । शुरुवाती अग्रता लिएका देउवा १ हजार एक सय मत गणना गर्दा पनि अग्रता बनाउन सफल हुनुभएको छ ।
निर्वाचन समितिका अनुसार एक हजार एक सय मतमा देउवाले ५२२ मत प्राप्त गर्दै अग्रता बनाउनुभएको छ । त्यस्तै सभापतिका अर्का प्रत्यासी शेखर कोइरालाले ४१९, प्रकाशमान सिंहले १०५, विमलेन्द्र निधिले ५६ र कल्याण गुरुङले ४ मत ल्याउनुभएको छ ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको थियो ।