देउवा अघिअघि, कोइराला पछिपछि

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापतिको लागि भएको निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री एवम् वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएको छ । उहाँलाई अर्का प्रतिष्पर्धी शेखर कोइरालाले पछ्याईरहेका छन ।
निर्वाचन समितिका अनुसार अहिलेसम्म ८०३ मत गणना भएको छ । जसमा देउवा ३८७ मतसाथ अगाडि हुनुहन्छ । कोइरालाले २९५ मत ल्याउनुभएको छ ।
सभापतिका अर्का उम्मेदवार विमलेन्द्र निधिले ४२, प्रकाशमान सिंहले ६६ र कल्याण गुरुङले ३ मत ल्याएउनुभएको निर्वाचन समितिले जनाएको छ ।
मतगणना मंगलवार बिहान शुरु भएको हो । महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मत खसाले थिए ।