कांग्रेस सभापतिको मतगणना–२१ सय मत गनिसक्दा देउवाकै अग्रता

भक्तपुर, मंसिर २८
नेपाली कांग्रेसको सभापतिका लागि सम्पन्न मतदानको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायम राख्नुभएको छ । अहिलेसम्म २१ सय ०६ मत गनिसक्दा देउवाले ९९१ मत पाउनुभएको छ । त्यस्तै अर्का उम्मेदवार डा. शेखर कोइरालाले ७६२ र प्रकाशमान सिंहले १७४, विमलेन्द्र निधिले १२७ र कल्याण गुरुङले ७ मत प्राप्त गर्नुभएको छ ।