भक्तपुरको कमलपोखरीमा छठ पर्व मनाए

भक्तपुर, कार्तिक २४
भक्तपुर कमलपोखरीमा पनि छठ पर्व मनाएको छ । सद्भाव र भातृत्वको प्रतिक छठ पर्व कमलपोखरीमा छठीमाताको पुजा आराधना गरी अस्ताउँदो सूर्यलाई जलको अघ्र्य दिएर बडो हर्षोल्लासका यो पर्व मनाएको हो ।
विशेषगरी तराई मधेशका मधेशी समूदायले मनाउने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यका र अन्य समूदायमा समेत लोकप्रिय बन्दै गईरहेको छ । भक्तपुरको कमलपोखरीमा मधेशी समूदायले मात्र होईन पहाडी समूदायले समेत छठीमाईको पुजा गरी छठको ब्रत बसेका छन ्। यो पर्व सामाजिक सद्भावको रुपमा विकास हुन थालेका छन् ।


पौराणिक ग्रन्थ महाभारतका अनुसार पाँच पाण्डपहरुको गुप्तवासको क्रममा पाँच पाण्डपसहित द्रौपदीले सूर्यको आराधनागरी गुप्तवास सफल होस् भनी कामना गरी यो ब्रत लिएको थियो । सोही अनुसार छठको ब्रतको परम्परा सुरु भएको जनविश्वास रहेको छ । महाभारतकै अर्को कथामा कर्णको अथाह शक्ति र ऐश्वर्य छठको ब्रतको प्रभावस्वरुप प्राप्त भएको उल्लेख गरिएको पाईन्छ ।