पोखरा चेम्बरका प्रतिनिधिमण्डलद्धारा भक्तपुरको अवलोकन

भक्तपुर, फागुन २८
पोखरा चेम्बर अफ कमर्स, कास्कीको प्रतिनिधिमण्डलले शनिवार भक्तपुरको अवलोकन भ्रमण गरी यहाँका व्यवसायीहरुसँग छलफल गरेको छ । दुईपक्षीय सहकार्य र अनुभव आदानप्रदानका लागि पोखरा चेम्बरका अध्यक्ष यामनाथ पौडेल नेतृत्वको टोलीले भक्तपुरको भ्रमण गरेको हो ।
प्रतिनिधिमण्डललाई स्वागतगर्दै भक्तपुर चेम्बरका अध्यक्ष न्हुछेरत्न मानन्धरले संस्थागत सम्बन्ध अभिवृद्धि एवं व्यापार प्रवद्र्धनमा अध्ययन अवलोकन भ्रमणले महत्वपूर्ण टेवा पुग्ने बनाउनुभयो । उहाँले दुई वटै संस्थाको संयुक्त पहलमा लगानीका नयाँ अवसरहरु पहिचान गर्न सकिनेमा पनि जोड दिनुभयो ।
भ्रमण टोलीको नेतृत्व गर्नु भएका पोखरा चेम्बरका अध्यक्ष पौडेलले जिल्ला चेम्बरहरु जिल्लाको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास हुनुपर्नेमा जोड दिँदैं व्यवसायिक समस्या समाधान र हकहितका विषयमा जिल्ला, नगर चेम्बरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
छलफलमा नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय कार्यसमिति सदस्य एवं भक्तपुर चेम्बरका सल्लाहकार रोशन भोयद्योले हरेक जिल्लामा जिल्ला, नगर चेम्बर अफ कमर्सहरु उद्यमी व्यवसायीहरुको छाता संगठनका रुपमा विकास हुदै आएको जानकारी दिँदैं चेम्बरहरुले स्थानीय निकाय एवं सरकारी निकायहरुमा विकास निर्माणको एक सक्रिय साझेदारको रुपमा छृुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो ।
सो अवसरमा भक्तपुर चेम्बरका उपाध्यक्ष कविदास धौबजी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत राजुमान बज्राचार्यललगायतले संस्थागत विकास, व्यापार प्रवद्र्धन लगायतका विषयहरुमा दुवै जिल्लाका व्यवसायीहरुको छलफल, अनुभव आदानप्रदान र अवलोकन भ्रमणले महत्वपूर्ण टेवा पुग्ने विश्वस व्यक्त गर्नुभयो । भ्रमण टोलीमा पोखरा चेम्बरका पदाधिकारी, महिला उद्यमी व्यवसायी सदस्यहरु गरी ११ जनाको सहभागिता रहेको थियो ।