भारतको सिक्किममा सत्यमोहनको स्मृतिमा पुस्तकालय बनाइने

के के मानन्धर, भक्तपुर, कात्तिक २
भारतको सिक्किममा वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको स्मृतिमा पुस्तकालय बनाईने भएको छ । उहाँको निधनमा सिक्किम नेवाः गुथि तथा नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्त रूपमा आयोजित शोक सभामा नेवाः गुथिका पुर्व अध्यक्ष दिलु कुमार प्रधानले सो घोषणा गर्नुभएको हो । जोशीको गत २०२२ अक्टोबर १६ तारिखमा १०३ बर्षको उमेरमा उपचारको क्रममा ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको हो ।
कार्यक्रममा प्रधानले डा. जोशीसँगको भेटवार्ताको अनुभव र उहाँको जीवनी बारे चर्चा गर्नुभएको थियो । त्यसैगरी वरिष्ठ साहित्यकार प्रधुम्न श्रेष्ठले शताब्दी पुरुष डा. सत्य मोहन जोशीको जीवनी र कृति बारे चर्चा गर्नुभयो । उहाँले जोशीका प्रकाशित कृतिहरु अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका प्राचार्य विकास प्रधानले डा. जोशीबाट लिइएको ज्ञानको स्मरण गर्दै आफ्नो मातृभाषा र संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकास गर्ने प्रेरणा पाएको बताउनुभयो ।
(सिक्किमका विकास प्रधानको सहयोगमा तयार गरिएको समाचार)