मध्यपुर थिमि वडा लिगमा वडा नं १ शिर्ष स्थानमा उक्लियो

भक्तपुर, कार्तिक १
मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा वडा नं १ शिर्ष स्थानमा उक्लेको छ । सानोथिमिस्थित मैदानमा मंगलवार सम्पन्न खेलमा वडा नं. १ ले वडा नं. ३ लाई १–० ले पराजित गर्दै शिर्ष स्थानमा उक्लेको हो ।
वडा नं. १ को जितमा जुसन हेकाले पेनाल्टी मार्फत गोल गरे । उनले खेलको ७५ औं मिनेटमा प्राप्त पेनाल्टीलाई गोलकिपरको दायाँ पोष्टमा प्रहार गर्दै गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच वडा नं. १ का प्रसिव खड्का घोषित भए ।
जितसँगै वडा नं. १ को ६ खेलबाट १५ अंक भएको छ । वडा नं. १ को जितसँगै वडा नं. ७ दोस्रो स्थानमा झरेको छ । वडा नं. ७ ले ६ खेलबाट १३ अंक बटुलेको छ ।
त्यस्तै अर्को खेलमा वडा नं. ८ र ६ ले गोलरहित बराबरी खेले । खेलको म्यान अफ दि म्याच वडा नं. ८ का पुजन होना घोषित भए । त्यसैगरी अर्को खेलमा वडा नं. २ ले वडा नं. ५ लाई २–१ गोल अन्तरले पराजित गरे ।