भक्तपुरका तीन नगरपालिकाको प्रमुख र उपप्रमुखको टिकटको लागि कांग्रेसका ४७ नेताहरुको दावी

भक्तपुर, चैत्र २४
आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भक्तपुरका तीन नगरपालिकामा नेपाली कांग्रेसका ४७ जनाले नगरप्रमुख र उपप्रमुखमा उम्मेदवार हुने ईच्छा व्यक्त गरेका छन । कांग्रेसको बुधवार शुरु भएको उम्मेदवारी ईच्छापत्र दर्ता कार्यक्रममा भक्तपुरका सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि नगरपालिकामा २८ जनाले प्रमुख र १९ जनाले उपप्रमुखमा उम्मेदवार बन्ने ईच्छा व्यक्त गरेका हुन । भक्तपुर नगरपालिकामा भने उम्मेदवारी दावी गर्न बाँकी रहेको छ ।
मध्यपुर थिमिमा ९ जनाले प्रमुख र ५ जनाले उपप्रमुखमा उम्मेदवारी दावी गरेका छन । मध्यपुर थिमिमा अष्ट कवे, केदार खड्का, मुरारीप्रसाद आचार्य, सन्तोष भट्टराई, मदनकृष्ण श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, महेश श्रेष्ठ, गणेशमान चक्रधर र रामकाजी चक्रधरले प्रमुखमा उम्मेदवारी दिने ईच्छा व्यक्त गरेको नगरप्रमुख हरिदास प्रजापतिले जानकारी दिनुभयो ।
त्यस्तै उपप्रमुखमा अञ्जनादेवी मधिकर्मी, प्रमिला आचार्य, कमला कर्माचार्य, उर्मिला वन र लक्ष्मी शोभा प्रजापतिले उपप्रमुखमा उम्मेदवारी दावी गरेका छन । मधिकर्मी वर्तमान नगर उपप्रमुख हुन भने वन जिल्ला उपसभापति, कर्माचार्य महाधिवेशन प्रतिनिधि हुन ।
चाँगुनारायण नगरपालिकामा नगरप्रमुख र उपप्रमुखमा उम्मेदवारीको लागि १६ जना आकांक्षीहरु देखिएका छन् । नगर प्रमुखको उम्मेदवारका लागि शिवहरी केसी, अच्युत अधिकारी, प्रबिन वन, यादब प्रसाद अधिकारी, पुष्कर खत्री, जयेन्द्र खड्का, राधा कार्की बानियाँ (सरु), जीवन खत्री र सुरेश श्रेष्ठले दावी पेश गरेका छन ।
उपप्रमुखमा सुभद्रा काफ्ले, साबित्री तिमिल्सिना, संगीता फुयाल आचार्य, रबिता कार्की, राजेश खड्का, रुपादेवी थापा र संगीता दुलाल नेपालले उम्मेदवार हुने इच्छा व्यक्त गरेको नेपाली कांग्रेस चाँगुनारायण नगरसभापति शविहरी केसीले जानकारी दिनुभयो ।
त्यस्तै सूर्यविनायक नगरपालिकामा १० जनाले प्रमुख र ७ जनाले उपप्रमुखमा उम्मेदवारी दावी गरेका छन । सूर्यविनायकको प्रमुखका लागि निशान ढुंगेल, नारायणभक्त खायमली, विष्णुराज कार्की, उद्धव सिलवाल, सुशिल बस्नेत, राजनकाजी त्वाटी, प्रेमबहादुर खड्का, रवि राणा, भेषबहादुर कार्की र राजन बकेले दावी गरेका छन ।
उपप्रमुखमा मिनाकुमारी ढकाल, रिता खत्री कार्की, संगिता थापा, ललिता धिताल, सुनीता खत्री, कान्छीमाया श्रेष्ठ र पुनम केसीले उम्मेदवार दिने ईच्छा व्यक्त गरेको नगरसभापति निशान ढुंगेलले बताउनुभयो ।
भक्तपुर नगरपालिकामा भने शुक्रवार मात्र उम्मेदवारी दावी दर्ता गर्ने कार्यक्रम रहेको जिल्ला सचिव सुशिल बस्नेतले जानकारी दिनुभयो ।