भक्तपुर अस्पतालको अध्यक्षमा कायष्ठ

भक्तपुर, फागुन १
भक्तपुर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा रमण कायष्ठ नियुक्त हुनुभएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले भक्तपुर सिरूटारका कायष्ठलाई समितको अध्यक्षमा नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्ष कायष्ठले आइतबार पदबहाली गर्नुभएको छ । उहाँ नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका उप सभापति हुनुहुन्छ । सूर्यविनायक नगरपालिका वडा नं १ का कायष्ठ स्वास्थ्य क्षेत्र पृष्ठभुमिका हुनुहुन्छ ।