प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता

भक्तपुर, फागुन १
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनकै सांसदहरूले संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका छन । जबराविरुद्ध सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।
महाअभियोगको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ रहेका छन । महाअभियोग लगाउनुका आधार र कारण भनेर २१ वटा बुँदा समावेश गरिएको छ ।

जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गर्दै आएका छन । सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरु बेञ्चमा फर्किएका थिए । प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन् । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरुको ध्यानाकर्षण समेत गराउँदै थियो ।

यसैबीच सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बाहिरिएका छन् । महाभियोगको पत्र बुझेलगत्तै स्वतः निलम्वनमा परेपछि जबरा अदालतबाट बाहिरिएका हुन् ।