विद्यार्थी निकेतन माविमा पुरातात्विक भवनका अवशेषहरु भेटिए

भक्तपुर, कार्तिक १०
भक्तपुर दरवार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यामिक विद्यालयको प्राङ्गणमा पुरातात्विक भवनका अवशेषहरु भेटिएको छ । विद्यालयको लागि पानी ट्यांकी खन्ने क्रममा करिव ७ फिट मुनी पुरातात्विक भवनका अवशेषहरु भेटिएको हो ।
जमिनको सतहबाट साढे ६ फिट गहिरो ट्यांकी खन्ने क्रममा पुरातात्विक महत्वका टेपु ल्हाँे, टेलीय इँटा(चिकं अप्पा), फ अप्पा, दाची अप्पाले बनाएको पेटीलगायतका पुरातात्विक भवनका अवशेषहरु भेटिएको नगरपालिकाले जनाएको छ ।


सो स्थानको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशी लगायतको टोलीले बिहिवार नै निरिक्षण गर्नुभएको छ । सो अवसरमा नगरप्रमुख प्रजापतिले विद्यार्थी निकेतन माविका प्रधानाध्यापक सर्जनी जोशीलाई भेट गरी नगरपालिकाले त्यहाँ भेटिएका पुरातात्विक अवशेषहरुको विस्तृत अध्ययन गर्ने बताउँदैं हाललाई उक्त निर्माण कार्य अगाडि नबढाउन पनि आग्रह गर्नुभयो ।