चाँगुनारायणको न्यायिक समितिले एक वर्षमा ३५ वटा निवेदन फस्र्यौट

भक्तपुर, जेठ २५
चाँगुनारायण नगरपालिकाको न्यायिक समितिले एक वर्षमा ३६ वटा निवेदन फस्र्यौट गरेको छ । नगरपालिकामा नयाँ जनप्रतिनिधि पद बहाल भएसँगै एक वर्षमा ६५ वटा निवेदन दर्ता भएकोमा समितिले ३५ वटा निवेदन फस्र्यौट गरेको हो ।
समितिले विवाद निरुपण गर्न प्रत्येक हप्ताको शुक्रवार र आवश्यकता अनुसार समितिको बैठक बस्ने गरिएको न्यायिक समितिका संयोजक एवम् नगर उपप्रमुख रमेश बुढाथोकीले बताउनुभयो ।
समितिले अशक्त, असहाय, निम्न वर्गका निवेदन आफैं लेख्न नजान्ने मानिसहरुलाई कार्यालयबाटै निःशूल्क निवेदन लगायत आवश्यक कानूनी लिखत मस्यौदा गर्ने गरिएको छ । यसैगरी सेवाग्राहीको सहुलियतका लागि आवेदन शुल्क साविकको ५ रुपैंयाबाट घटाएर एक सय रुपैंया कायम गरिएको बुढाथोकीले बताउनुभयो ।
समितिले न्याय निरुपणका लागि ३० जना मेलमिलापकर्तालाई अद्यावधिक गरिएको छ भने थप २ जना सुचिकृत गरी ३२ जना पुर्याएको छ ।
न्यायिक समितिको कार्य प्रभावकारिता बढाउन अन्य विभिन्न स्थानीय तहका न्यायिक समितिहरुको अध्ययन÷ अवलोकन गरी इजलास सञ्चालन, मिसिल व्यवस्थापन, जनशक्ति परिचालनलगायत अन्य असल अभ्यासहरुलाई आत्मसात गरिएको बुढाथोकीले बताउनुभयो ।