११ वर्षिया बालिका जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

भक्तपुर, जेठ २७
एघार वर्षिया बालिकालाई पटक पटक जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेह्रथुम ताम्फुला–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३१ वर्षिय सुनिल बिश्वकर्मा हुन ।
प्रहरीका अनुसार विश्वकर्माले आफ्नै कोठामा गत २०७९ चैत्र २९ गतेदेखी गत २०८० जेठ १९ गतेसम्म पिडित ११ वर्षिया बालिकालाई पटक पटक जबरजस्ती करणी गरी फरार भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
विश्वकर्मालाई जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरिक्षक बिर बहादुर बुढाऐरको टोलीले शुक्रवार ललितपुरको लगनखेल बटुक भैरव अगाडिको पार्कबाट पक्राउ गरिएको परिसरका प्रमुख एसपी प्रजित केसीले जानकारी दिनुभयो ।