अवैध काठसहित चार जना पक्राउ

भक्तपुर, जेठ २७
भक्तपुर प्रहरीले अवैध काठसहित शुक्रवार चार जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग दुवाकोटको प्रहरी टोलीले भक्तपुर सल्लाघारी पुरानोबाटो सडक खण्डको दुवाकोट मोडमा सवारी जाँच गर्नेक्रममा अवैधरुपमा ल्याईंदै गरेको सालका काठ र मिनि टिफरसहित चार जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सवारी जाँचका क्रममा सल्लाघारीबाट पुरानोथिमि तर्फ जाँदै गरेको बा ५ ख ५०४६ नम्बरको मिनि टिफर जाँच गर्ने क्रममा त्रिपालले ढाला छोपी ल्याएको अबस्थामा साल लगायतका अन्य काठका गोलियाहरु फेला परेको र उक्त काठको कुनै कागजातहरु नहुनुका साथै वन कार्यालयको टाँचा समेत नभएकोले सवारी साधनसहित चार जनालाई पक्राउ गरिएको हो ।


पक्राउ पर्नेहरुमा टिफर चालक सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका–७ बस्ने २५ वर्षिय दुर्गा प्रसाद भट्टराई, ईन्द्रवती गाउँपालिका–२ बस्ने ज्ञानेन्द्र मल्ल ठकुरी, ईन्द्रवती गाउँपालिका–१० बस्ने ४० वर्षिय राजु पौडेल र ईन्द्रवती गाउँपालिका–११ बस्ने ४४ वर्षिय राम कुमार दनुवार छन ।
पक्राउ परेका चारै जना, मिनि टिफर र काठलाई थप कारवाहीका लागि डिभिजन वन कार्यालय सानोथिमि बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो ।