१९औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता सम्पन्न

भक्तपुर, जेठ २९
काठमाडौं ज्याठामा अवस्थित अन्नपूर्ण माध्यामिक विद्यालयको आयोजनामा १९ औं अन्नपूर्ण फ्रेण्डसिप बुद्धिचाल प्रतियोगिता – २०८१ सम्पन्न भएको छ । प्रतिस्पर्धामा २५ वटा विद्यालयका कूल ३५४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
बृहत विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगितामा युवा–९, युवा –११, युवा–१३ र युवा –१३ वर्ष माथिका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । पुरुष तथा छात्रा खेलाडी बिच ८ विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा मार्फत विजेता घोषणा गरिएको छ ।
प्रतियोगिता पुरुष युवा– १३ माथि ७ चरणको खेलमा ६.५ अंक जोडेर पुष्प सदन इङ्गिस स्कूलका सुप्रभ सागर श्रेष्ठ पहिलो भए । यस्तै क्रिएटिभ एकेडेमीका सफल महर्जनले ६ अंक प्राप्त गर्दै दोश्रो, ६ अंक नै बनाएर अन्नपूर्ण सेकेण्डरी स्कूलका रोहित श्रेष्ठ तेश्रो भए ।


छात्रा युवा– १३ माथि पनि पुष्प सदन स्कूलका शिवानी रिजाल ६ चरणको खेलमा सबै खेल जितेर ६ अंक नै प्राप्त गरी प्रथम भए । यस्तै नाइटिङ्गेल स्कूलका दीया श्रेष्ठले ५ अंक जोडेर दोश्रो र ५ अंक मै चित्त बुझाएर त्रियोग हाइस्कूलका रिया श्रेष्ठ तेश्रो भए ।
यसैगरी युवा– १३ वर्ष सम्मको प्रतिष्पर्धामा पाठशाला नेपाल फाउन्डेसनका ओस्कार पन्थले ७ चरणमा ७ जित दर्ता गर्दै ७ अंक जोडेर अपराजित पन्थी पहिलो भए । ६ अंक जोडेर प्रज्ञा कुञ्ज स्कूलका कशिभ कार्की दोश्रो बने भने ६ अंक मै रहेर संस्कृति स्कूलका सहर्ष श्रेष्ठ तेश्रो बनेका छन् ।
युवा– १३ वर्ष मुनिका छात्रा बिचको प्रतिस्पर्धामा नितेन मेकोरियल स्कूलका ज्ञानी श्रेष्ठ ६ चरणको खेलवाट ५ अंक जोडेर प्रथम भए । समान ५ अंकमा त्रियोग स्कूलका परिधि खत्री दोश्रो भए भने मनकामना सेकेण्डरी स्कूलका प्रिसिओस अधिकारी तेश्रो भए ।


यस्तै युवा– ११ वर्षमा छात्रतर्फ एभरेष्ट इङ्गिस स्कूलका सार्थक श्रेष्ठ ७ चरणको खेलवाट ६.५ अंक बनाउदै प्रथम भए । ६ अंक प्राप्त गरेका त्रियोग स्कूलका आभाष रिमाल दोश्रो भए भने ५.५अंक बनाएर अल्चेमिष्ट एकेडेमीका वचन सिलवाल तेश्रो भए ।
युवा– ११ वर्ष छात्रा तर्फ ५ खेलमा ५ जित दर्ता गर्दै न्यूसमिट स्कूलका निहाना श्रेष्ठ विजेता बने । ४ अंक प्राप्त गरेका अन्नपूर्ण स्कूलका ओजस्वी श्रेष्ठ दोश्रो र न्यूसमिटका सुहानी सिंह ४ अंक जोडी तेश्रो भए ।
अर्को विधा युवा– ९ वर्ष छात्र तर्फ ६ चरणको खेलमा ६ जित हासिल गर्दै ल्याबोटोरि सेकेण्डरि स्कूलका अंकुर पोखरेल प्रथम स्थान हासिल गरे । ५ अंक जोडेर दिपज्योति आवासिय माविका मन्दिप आले मगर द्वितीय र एभरेष्ट इङ्गलिस स्कूलका निशान्त गिरी ५ अंक प्राप्त गर्दै तेश्रो भए ।
युवा– ९ छात्रा तर्फ ५ चरणको खेलवाट समान ४ अंक जोडेर इशानी मण्डल प्रथम, अन्नपूर्ण स्कूलका जैनव खातुन द्वितीय र अग्रता आचार्य तृतीय स्थानमा रहि प्रतियोगिता सम्पन्न गरे ।
प्रतियोगिताका प्रमुख निर्णायक आईए महेश्वर लाल डंगोलले स्वीस् मानेजर हेइन्ज हेर्जोग टाइमफाइल सिस्टम अनुसार डाइरेक्ट इन्काउण्टर, मोष्ट वीन फिडे टाइब्रेकको नियममा २५ मिनेट १० सेकेण्ड इन्क्रिजमेण्ट टाइममा खेल खेलाइएको जानकारी गराए ।