चाँगुनारायणमा स्थानीय शिक्षा समूह गठन

भक्तपुर, जेठ २९
भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थानिय शिक्षा समूह गठन भएको छ । नगरपालिकामा सोमवार भएको छलफलले नगर उपप्रमुख रमेश बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय स्थानीय शिक्षा समूह गठन गरेको हो ।
समूहको सदस्यमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमेगाई, स्वास्थ्य शाखा प्रमुख सत्यराम दुवाल रहनु भएको छ । सदस्य सचिवमा शिक्षा शाखा प्रमुख दिनेश अर्याल हुनुहुन्छ ।
त्यसैगरि संस्थागत प्रतिनिधित्व गर्दै सदस्यमा राम कुमार बुढाथोकी, टेक बहादुर लाखाजु, कल्पना न्यौपाने, श्याम साख, महेश चन्द्र गौतम, यज्ञ विक्रम थापा, प्रह्लाद बास्तोला, दिनेश थापा, हेमराज ढकाल, उत्तम नारायण भडेँल र प्रह्लाद वन हुनुहुन्छ । थप दुई जना मनोनित हुन बाकीँ रहेका छ ।
सुरक्षित विद्यालय कार्यक्रम अन्तर्गत यस समूहले विपद जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।