स्रोत नखुलेको रकमसहित ४ जना चिनिया नागरिक पक्राउ

भक्तपुर, जेठ २३
स्रोत नखुलेको रकमसहित भक्तपुर प्रहरीले बुधवार चार जना चिनिया नागरिकलाई जगातीबाट पक्राउ गरेको छ । काभ्रेको साँगाबाट भक्तपुर जगाती आउँदैं गरेको बा. ७० प. २८७२ नं. को ट्याक्सी रोकी जाँच गर्ने क्रममा सूर्यविनायक नगरपालिका वडा नं. १० भातेढिकुर स्थित महेश्वरी पेट्रोल पम्प नजिकबाट स्रोत नखुलेको ६९ लाख रुपैंया नेपाली रकमसहित चार जना चिनिया नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा चीन घर भई हाल काठमाडौंमा बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ हाओरान, २४ वर्षीय क्यूओ हाओरान र ३६ वर्षीय दिना लाइयू रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले बताउनुभयो ।
सवारी जाँच गर्नेक्रममा प्रहरीले ती चिनियाँ नागरिकहरुको साथबाट ६९ लाख ५ हजार रुपैंया स्रोत नखुलेको रकम बरामद भएको प्रनाउ कार्कीले बताउनुभयो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरमा बुझाएको कार्कीले जानकारी दिनुभयो ।