भक्तपुर इङ्गलिस, आदर्श लाय्कू र विनायक मध्यपुर थिमि नगरपालिका कप क्वाटरफाइनल प्रवेश

भक्तपुर, जेठ २१
भक्तपुर इङ्गलिस बोर्डिङ सेकेण्डरी स्कुल, आदर्श मावि लायकू र विनायक शिक्षा निकेटन सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ । प्रतियोगिताको आइतवार सम्पन्न खेलमा भक्तपुर इङ्गलिसले जनप्रेमी वल्र्ड, आदर्शले इमानुएल इङ्गलिस बोर्डिङ स्कुल र विनायकले सिभिएम सकेण्डरी स्कुललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।


मध्यपुर थिमि नगरव्यापी विद्यालयस्तरीय प्रतियोगितामा भक्तपुर इङ्गलिसले जनप्रेमीलाई ४–१ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरे । खेलमा भक्तपुर इङ्गलिसका जर्सी नं. १० का रविन बोहरा म्यान अफ दि म्याच बने ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगिताको अर्को खेलमा आदर्शले इमानुएललाई ३–१ गोलले पराजित गरे । खेलमा आदर्शका जर्सी नं. ७ का सन्जिप बस्नेत म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी विनायकले सिभिएमलाई ४–० ले पराजित गरे । उक्त खेलमा विनायकका जर्सी नं. १४ का ओमहरी राजबहाक म्यान अफ दि म्याच बने ।