चाँगुनारायणका विपद् व्यवस्थापन स्वयंसेवकहरु राष्ट्रिय स्वयंसेवक व्यवस्थापन प्रणालीमा आवद्ध

भक्तपुर, जेठ १८
चाँगुनारायण नगरपालिकाका विपद व्यवस्थापन स्वयम् सेवकहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वयंसेवक व्यवस्थापन प्रणालीमा आवद्ध गराईने भएको छ । त्यसका लागि नगरपालिकाले ती स्वयम् सेवकहरुलाईे अभिमुखीकरण गरेको छ ।
आइसेट नेपाल र डिसिए नेपालको आर्थिक सहयोगमा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन शाखाको आयोजनामा वडास्तरका विपद् व्यवस्थापन समिति अन्र्तगतका विपद् व्यवस्थापन स्वयंसेवकहरुलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको स्वयंसेवक व्यवस्थापन प्रणालीमा आवद्ध गराई स्वयंसेवा र विपद्को अवस्थामा स्वयंसेवकको जिम्मेवारी र भूमिकाको बारेमा अभिमुखिकरण गरिएको हो ।
जेठ १५, १६ र १७ सञ्चालन भएको अभिमुखीकरणमा प्रत्येक दिन नगरका तीन÷तीन वटा वडाका ६७ जना स्वयंसेवकहरुलाई अभिमुखिकरण गर्ने र राष्ट्रिय प्रणालीमा प्रविष्ट गराउने कार्य गरिएको चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाईका प्रमुख दिनेश थापाले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रणालीमा प्रविष्ट भएपछि स्वयंसेवकहरु आफ्नै स्थानीय तहलगायत देशका विभिन्न स्थानमा विषयगत स्वयंसेवकको रुपमा कार्य गर्ने अवसर पनि प्राप्त हुनेछ ।
विपद्को जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्यका लागि स्वयंसेवकहरुको परिचालनका लागि सहयोगी हुने भएकोले राष्ट्रिय प्रणालीमा जोड्नु परेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँले नगरपालिकाले विपद् व्यवस्थापन स्वयंसेवकको सीप तथा ज्ञान अभिवृद्धिको लागि आधारभूत खोज उद्धार र प्राथमिक उपचारको प्रशिक्षण सञ्चालन गरीसकेको र निकट भविष्यमा विपद् व्यवस्थापनसँग सम्बन्धित थप प्रशिक्षण र कृत्रिम घटनाका अभ्यासहरु पनि सञ्चालन गरिने बताउनुभयो ।
नगरपालिकाको प्रस्ताव अनुसार बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा स्थानीय तहमा विपद् व्यवस्थापन स्वयंसेवक तयारी र परिचालनको लागि चाँगुनारायण नगरपालिकालाई बजेट निकासा गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिब प्रसाद हुमेगाँइले बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाको तालिमहल हेल्मेटडाँडामा सञ्चालित अभिमुखिकरण कार्यक्रममा चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाईका प्रमुख दिनेश थापा, आइसेट नेपालका कार्यक्रम संयोजक केशब कुमार मलाशी, फिल्ड अधिकृत भरत ढुंगाना, प्रशिक्षकहरु शिवराम गौतम, राजकुमार लम्सालले सहजीकरण गर्नुभएको थियो ।