मध्यपुर थिमि नगरपालिका कप – नालन्दा, आदर्श र श्री गणेश विजयी

भक्तपुर, जेठ १८
भक्तपुरको सानो थिमिमा जारी मध्यपुर थिमि नगरव्यापी विद्यालयस्तरीय सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगितामा शुक्रवार नालन्दा स्कुल, आदर्श मावि सानो थिमि र श्री गणेश मावि नगदेश विजयी भएका छन ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगितामा नालन्दाले सुधा संसार स्कुललाई २–० ले पराजित गरे । सो खेलमा नालन्दाका जर्सी नं. ६ का अनिस धमला म्यान अफ दि म्याच घोषित भए ।


अर्को खेलमा आदर्श मावि सानो थिमिले एड्भान्स एकेडेमीलाई १–० ले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरे । खेलमा आदर्शका जर्सी नं. ७ का सुवास रत्न म्यान अफ दि म्याच बने ।
त्यसैगरी अर्को खेलमा नगदेशको श्री गणेश मावि विजयी हुँदैं दोस्रो चरणमा प्रवेश गरे । गणेशले श्री जनक सिद्धिकाली माविलाई २–० ले पराजित गरेको हो । सो खेलमा गणेशका जर्सी नं. ९ का किसन राई म्यान अफ दि म्याच घोषित भए ।