स्यान्टुलाई नगदसहित सम्मान

भक्तपुर, जेठ १२
पेरिस ओलम्पिक २०२४ मा छनोट हुन सफल टेबुल टेनिस खेलाडी स्यान्टु श्रेष्ठलाई नगदसहित सम्मान गरेको छ । टेबल टेनिस प्रेमी समाजसेवी सुमन खड्गीले शनिबार एक लाख रुपैयाँसहित श्रेष्ठलाई व्यक्तिगत रूपमा सम्मान गरेको हो ।
दक्षिण एशियाली ओलम्पिक छनोटको पुरुष एकलमा च्याम्पियन हुँदै स्यान्टु यसै वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा स्थान बनाएका थिए । स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि तेक्वान्दोका दीपक विष्ट र संगिना वैद्यले मात्र यो सफलता हासिल गरेका थिए ।