टी–ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा

भक्तपुर, बैशाख १९
नेपाल क्रिकेट संघ (क्यान)ले आज (बुधवार) टी–ट्वान्टी विश्वकपका लागि नेपाली टोलीको घोषणा गरेको छ । क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान पौडेका साथै आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, ललित राजबंशी, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दिप जोरा, अभिनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन ।
टी–ट्वान्टी विश्वकप आगामी जुन २ तारिखदेखि वेष्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुँदै छ ।