कारसँग स्कुटी ठोकिँदा एकको मृत्यु

भक्तपुर, बैशाख १८
भक्तपुरको सृजनानगरमा सोमवार कारसँग स्कुटी ठोकिँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाण्डौं जाँदै गरेको बागमती प्रदेश नम्बर ०१.०३० चं. ०९९५ नं. को कारसँग सोही दिशातर्फ जाँदै गरेको बा. ७३ प. २८३६ नं. को स्कुटी ठोकिँदा स्कुटी चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रामेछाप लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल काठमाण्डौ माईतिघर नजिकै बस्ने २३ वर्षिय सुजन तामाङ हुन । दुर्घटनामा गम्भिर घाईते भएका सुजनलाई उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो । त्यही उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
घटनामा स्कुटी पछाडी सवार गर्ने रामेछाप लिखुतामाकोशी गाउँपालिका–४ घर भई हाल भक्तपुर सल्लाघारी बस्ने २३ वर्षिय राज तामाङ मध्यपुर अस्पतालमा उपचार भईरहेको छ ।
घटनामा संलग्न कार चालक सुनसरी धरान उप–महानगरपालिका–१३ घर भई हाल काठमाण्डौ कंलकी बस्ने ३१ वर्षिय आशिष श्रेष्ठलाई प्रहरी वृत जगाती भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भईरहेको कार्कीले बताउनुभयो ।