बंगलादेशमा नेपाली यु १९ भलिबल टोली उपविजेता

भक्तपुर, बैशाख १८
बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रथम बिकेएसपी कप युथ १९ आमन्त्रण अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली टोली उपविजेता बनेको छ । प्रतियोगिताको सोमवार सम्पन्न फाइनलमा नेपाली टोली बंगलादेश रातोसँग पराजित हुँदैं उपविजेतामा सिमित बनेको हो ।
प्रतियोगितामा नेपाली टोलीका सुनिल बोहराले वेष्ट आउट साइड हिटरको उपाधि जितेको नेपाली टोलीका व्यवस्थापक एवम् भक्तपुर जिल्ला खेलकुद विकास समितिका पुर्वअध्यक्ष दिपक थापाले जानकारी दिए ।
उनका अनुसार नेपाल आयोजक बंगलादेश निलोलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । यसअघि माल्दिभ्सलाई पराजित गर्दै नेपाली टोली सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नेपाली टोलीमा सुरेश मल्ल, यज्ञराज जोशी, अविशेक थापा, पुष्कल थापा, दिपेन थापा, पहल गहतराज, राजकुमार रोकाया, सुनिल बोहोरा, इज्जत दनै, शशी पुलामी मगर र भुवन तामाङ रहेका छन । टोलीको प्रशिक्षकमा उत्सव खड्का र सहायक प्रशिक्षकमा जनकबहादुर खड्का छन ।
टोलीलाई बंगलादेश पठाउन ‘सहायता फाउन्डेसन’का अध्यक्ष राजु ढुङ्गेल, विकास बस्नेत, व्यवसायी लक्ष्मण अवाल, जनप्रेमी वल्र्ड स्कुल कौशलटारका प्रिन्सिपल एवम् प्याव्सन मध्यपुर थिमिका अध्यक्ष निलेश आचार्यलगायतले सहयोग गरेका थिए ।