नगरकोट सडकको भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

भक्तपुर, बैशाख ८
भक्तपुरको चाँगुनारायण नगरपालिका–७, नगरकोट सडकको भद्रकालीमा शनिवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । खरिपाटीबाट कमलविनायकतर्फ आउँदैं गरेको बा.प्र. ०२–०२५ प. १४०१ नं.को मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा सो मोटरसाइकलमा पछाडी सवार ओखलढुङगा मानेभन्ज्याङ गाऊँपालिका घर भई हाल खरिपाटी बस्ने ४० वर्षिय रामराज राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका राईलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
दुर्घटना भएको मोटरसाईकल र चालक उदयपुर गाईघाट घर भई हाल खरिपाटी बस्ने २४ वर्षिय अबिन कुमार सार्कीलाई परिसर भक्तपुरको नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भईरहेको डिएसपी कार्कीले बताउनुभयो ।