भक्तपुरको चाँगुमा चितुवाको आक्रमणबाट बालिका घाईते

भक्तपुर, बैशाख ८
भक्तपुरको चाँगुमा चितुवाको आक्रमणबाट १४ वर्षिया बालिका घाईते भएकी छिन । जिल्लाको चाँगुनारायण नगरपालिका–४, साङदहमा शनिवार दिउँसो चितुवाको आक्रमणबाट मामाघर बस्दै आएकी १४ वर्षिया बालिका चयन बस्नेत घाईते भएको हो ।
बस्नेतको घर सूर्यविनायक नगरपालिका–९ पलासें रहेको र पढ्नको लागि उनी मामाघर बस्दै आएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन कार्कीले बताउनुभयो ।
बस्नेत घर नजिकै रहेको खाली घरमा खेल्न जाने क्रममा झाडीमा लुकेर बसेको चितुवाले आक्रमण गरी चिथोरेर घाईते बनाई भागेको डिएसपी कार्कीले जानकारी दिनुभयो । घाईते बालिकालाई तत्काल उपचारका लागि चाँगुनारायण नगर अस्पताल लगिएको र त्यहाँबाट थप उपचारका लागि टेकु अस्पताल काठमाण्डौं लगिएको डिएसपी कार्कीले बताउनुभयो ।