आफ्नै घरमा अचेत फेला परेका बृद्धको मृत्यु

भक्तपुर, चैत्र १९
मध्यपुर थिमि–३, सागबारीमा अचेत अवस्थामा फेला परेका ६७ वर्षिय बृद्धको मृत्यु भएको छ । आफ्नै साढे २ तले घरको माथिल्लो तल्लाको कोठामा एक्लै बस्दै आएका ६७ वर्षिय हरि प्रसाद अर्याल बुधवार ओछ्यानमा अचेत अवस्थामा फेला परेको थियो ।
उनलाई तत्काल उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले बताउनुभयो ।
मृतकको शव पोष्टमार्तमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रनाउ कार्कीले जानकारी दिनुभयो ।