नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुर अध्यक्षमा डंगोल मनोनित

भक्तपुर, चैत्र १७
नेपाल लोकतान्त्रिक खेलकुद संघ भक्तपुर अध्यक्षमा मध्यपुर थिमि १ लोहकिल्थलीका सुदिप डंगोल मनोनित हुनुभएको छ । संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले शुक्रवार डंगोललाई अध्यक्ष मनोनयन गरेको हो ।
डंगोललाई संघको विधान २०७९ को भाग ६ को दफा २६(१) बमोजिम भक्तपुर अध्यक्षमा मनोनयन गरेको शेरचनले बताउनुभयो । डंगोलले संघको अनुशासन र मर्यादामा रही, संघलाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउने र विधि विधान अनुरुप कार्य गर्ने विश्वास गरिएको छ ।
डंगोललाई तेस्रो किसुनजी स्मृति हाप म्याराथन प्रतियोगिताको समारोहमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मनोनयनपत्र हस्तान्तरण गर्नुभएको हो ।