मोटरसाइकलको ठक्करले पैदल यात्रीको मृत्यु

भक्तपुर, चैत्र १६
मध्यपुर थिमि–२ सानो थिमिस्थित आर्मी व्यारेक अगाडिको आरालोमा बिहिवार साँझ मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । पुरानो थिमिबाट पेप्सीकोलातर्फ जाँदै गरेको सो मोटरसाइकलको ठक्करले पैदल यात्री मध्यपुर थिमि–२ सानो थिमि बस्ने ६२ वर्षिय राम थापा मगरको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट घाईते भएका थापा मगरलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा त्यही उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताउनुभयो ।
घटनामा संलग्न मोटरसाइकलको नम्बर अल्फावेट खुल्न सकेको छैन । घटनापछि फरार मोटरसाइकल र चालकको खोजी भइरहेको प्रनाउ पाठकले बताउनुभयो । मृतकको शव पोष्ट मार्तमको लागि केएमसी अस्पताल दुवाकोट राखिएको र घटनाको थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।