भक्तपुरको नःपुखुमा दुई दिने घरेलु उत्पादन मेला २०८० शुरु

भक्तपुर, चैत्र १६
भक्तपुरको नःपुखु परिसरमा शुक्रवारदेखी दुई दिने घरेलु उत्पादन मेला २०८० शुरु भएको छ । घरेलु उत्पादनको प्रर्वद्धन, संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना र उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको सहकार्यमा आयोजित दुई दिने मेला ४० स्टल रहेका छन ।


मेलामा घरेलु उत्पादनको बिक्रि वितरण पनि हुने संघका सचिव श्याम सुन्दर श्रेष्ठले बताउनुभयो । मेलामा भक्तपुरको मौलिक उत्पादन जुजु धौ, कालो भादगाउँले टोपी, घरबुना कपडाका विभिन्न सामग्री, पाउँका विभिन्न परिकार, च्याउका परिकार, खेलौना, नर्सरीका उत्पादन, नेवारी परिकारका स्टल रहेका छन ।
यसैगरी कपडा बुन्ने तान, परम्परागत चिउरा उत्पादन, स्थानीय मदिरा ऐला उत्पादनको प्रत्यक्ष अवलोकन पनि गर्न सकिने श्रेष्ठले बताउनुभयो ।


मेलाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेपालले विदेशी पर्यटनमा मात्र भर नपरी आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताउनुभयो ।
उहाँले नेपाललाई आत्मनिर्भर बनाउन पनि घरेलु उत्पादनको प्रर्वद्धन गरी घरेलु उद्योग र व्यापारलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “देशको उद्योग तथा व्यापारलाई बलियो बनाउन घरेलु तथा साना उद्योगलाई बलियो बनाउनुपर्छ र देशलाई आत्मनिर्भरताको बाटोमा दो¥याउनुपर्छ ।”


उहाँले विकास निर्माणका कार्य गर्दा पर्यटन उद्योगसँग समन्वय नगर्दा पर्यटक पदमार्ग, ¥याफ्ङि व्यवसाय धरासायी बनेको पर्यटन उद्योगीको गुनासो आएको बताउँदैं उहाँले नीति निर्माण तहमा नै कमजोरी हुने गरेको औंल्याउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले घरेलु मेला आयोजनाले घरेलु उत्पादनबारे प्रचारप्रसार हुनुका साथै व्यापार प्रवद्र्धमा समेत मद्दत पुग्ने बताउँदै भक्तपुरको जुजु धौ, भादगाउँले टोपी, हाकुपटासी, टाइचिन च्युराजस्ता वस्तुहरु विश्व बजारमा पु¥याउन सके त्यसले देशको आर्थिक विकासमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


हरेक वस्तु विदेशी उत्पादनमा भर पर्दा नेपालको उत्पादन घट्नुका साथै बेरोजगारीको समस्या पनि बढ्दै गइरहेको बताउँदै उहाँले घरेलु उत्पादनहरुलाई नेपालमा मात्र नभई विदेशी बजारसम्म पु¥याउने वातावरण सिर्जना गर्न सके विदेशी मुद्रा आर्जन गर्न टेवा पुग्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी महिला लक्षित वित्तीय साक्षरता र उद्यमशीलताबारे प्रशिक्षण आवश्यक भएको बताउँदै यस किसिमका मेलाहरुमा उपत्यकाभित्र रहेका लोप हुन लागेका मौलिक कला संस्कृतिको प्रवद्र्धनमा पनि अग्रसरता लिनुपर्ने बताउनुभयो ।


भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले मेला आयोजनाको उद्देश्यमाथि प्रष्ट पार्दै स्थानीय सरकारले ससाना उद्योग बचाउन बजेटको व्यवस्था गरी संरक्षण गर्ने नीति लिनुपर्ने बताउनुभयो । उहाँले भक्तपुर नपामा कोसेली घर निर्माणको खाँचो रहेको औंल्याउँदै भक्तपुरका मौलिक र स्थानीय सामग्री प्रवद्र्धनमा स्थानीय तहको अग्रसरता महत्वपूर्ण हुने बताउनुभयो ।


नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापतिले स्थानीय उत्पादन र घरेलु उद्योगको प्रर्वद्धनका लागि भक्तपुर नगरपालिकाले विदेशी पर्यटकलाई टिकटसँगै भादगाउँले टोपी उपहार दिने, भक्तपुरका होटलमा बास बसेका पर्यटकलाई भक्तपुरको मौलिक उत्पादन उपहार दिएर बिदाई गर्ने, स्वागतमा स्थानीय उत्पादन र परिकारले स्वागत गर्ने, होटलका कर्मचारीहरुलाई स्थानीय मौलिक पोशाक अनिर्वाय गर्नुपर्ने सुझाव दिनुभयो ।


कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्व अध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख आशिष दाहाल र भक्तपुर पर्यटन विकास समितिका सचिव दिपेश वेंजुले पनि मेला आयोजनाको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभयो ।
कार्यक्रम पश्चात प्रमुख अतिथि तथा अतिथिहरुले मेलाको अवलोकन समेत गर्नुभएको थियो ।