ईंटा भट्टाको झ्याउलीमा एक पुरुषको शव फेला

भक्तपुर, चैत्र १४
भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित चुनदेवि ईंटा भट्टाको झ्याउलीमा बुधवार एक पुरुषको शव भेटिएको छ । मृतक सोही ईंटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा भएको प्रहरीले जनाएको छ ।
उनको मृत्यु स्वभाविक हो कि हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।