ग्यास लिक भएर आगलागी हुँदा भक्तपुरमा एकको मृत्यु

भक्तपुर, चैत्र १४
भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका–१०, चित्तपोल दहगाउँमा हिजो मंगलवार खाजा बनाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा स्थानीय ४७ वर्षिया सञ्जु रानामगरको मृत्यु भएको हो ।
आफ्नै घरको भान्छामा खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा सञ्जु जलेर घाईते भएकी थिईन । उनलाई तत्काल उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल लगिएको थियो ।
धुखिलेलबाट थप उपचारका लागि काठमाण्डौं किर्तिपुरस्थित किर्तिपुर बर्न अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा बुधवार मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त पाठकले बताउनुभयो ।