अन्तर नगर फुटबलको लागि मध्यपुर थिमिको ४४ सदस्यीय प्रारम्भिक टोली घोषणा

भक्तपुर, चैत्र ३
मध्यपुर थिमि नगरपालिकाले अन्तर नगर फुटबल प्रतियोगिताका लागि शुक्रवार ४४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ । नगरपालिकाले मध्यपुर युथ एशोसियसनको प्राविधिक सहयोगमा गत महिना सम्पन्न मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगिता २०८० मा खेलाडीहरुले गरेको प्रदर्शनको आधारमा ४४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिकाले यही अन्तिम सातादेखी काठमाण्डौं उपत्यका व्यापी अन्तर नगर खुल्ला गोदावरी मेयर कप फुटबल प्रतियोगिता २०८० आयोजना गर्दैछ । सो प्रतियोगिताका लागि मध्यपुर थिमिले गत महिना सम्पन्न वडा लिगबाट खेलाडी छनौट गर्ने घोषणा गरेको थियो । सोही अनुसार मध्यपुर थिमिले प्रारम्भिक टोली सार्वजनिक गरेको नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।
प्रारम्भिक छनोटमा परेका खेलाडीहरुमा गोलकिपर ५ जना, डिफेन्डर ९ जना, मिडफिल्डर १८ र फरवार्ड १२ जना रहेका छन ।
प्रारम्भिक छनोटमा परेका गोलकिपरमा सौरभ कुटु वडा नं. १, अमर श्रेष्ठ वडा नं. ३, सुशान्त श्रेष्ठ वडा नं. ४, पुजन होना वडा नं. ८ र कमल थापा मगर वडा नं. ९ रहेका छन ।
मिडफिल्डरमा वडा नं. १ का प्रायुष डंगोल, वडा नं. २ का मन्जित गिरी र निश्चल थापामगर, वडा नं. ३ का सुजन खनाल, ओसेन्द्र कटुवाल, सगुन खड्का, विक्रम केसी र करुण काफ्ले, वडा नं. ४ का रुपेश श्रेष्ठ, वडा नं. ५ का रविन कुटु र समन प्रजापति, वडा नं. ६ का रोनिश प्रजापति र उमेश खड्का, वडा नं. ७ का विकेश दुवाल, वडा नं. ८ दिपक वांस, वडा नं. ९ का रोनिश राजबहाक, सन्देश केसी, सगुन राजबहाक र अलिम राजबहाक रहेका छन ।
यसैगरी डिफेन्डरमा वडा नं. १ प्रशिव खड्का, वडा नं. २ का राजेन्द्र रानामगर, सुयश खङ्गी र सन्देश दाहाल, वडा नं. ५ का सुदर्शन श्रेष्ठ, वडा नं. ६ का दिवस राई र सविन प्रजापति, वडा नं. ९ का सञ्जय राजबहाक र अमन राजबहाक रहेका छन ।
फरवार्डमा वडा नं. १ का रविन डंगोल, क्रिषल हेका, आशिष कवे, वडा नं. २ का मनचन रानामगर, वडा नं. ४ का सोनिश श्रेष्ठ र सुजल श्रेष्ठ, वडा नं. ५ का प्रफुल श्रेष्ठ र सविन प्रजापति, वडा नं. ७ का रोहन खत्री, वडा नं. ८ का सुजन सिपाईं, वडा नं. ९ का यमन राजबहाक र विज्ञान राजबाहक रहेका छन ।
प्रारम्भिक छनोटमा परेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने र उनीहरुले बन्द प्रशिक्षणमा गरेको प्रदर्शनको आधारमा अन्तिम टोली घोषणा गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।