अन्तर नगर महिला कबड्डीको क्वाटर फाइनल समिकरण पुरा

भक्तपुर, चैत्र १
भक्तपुर नगरपालिकाको आयोजनामा शहिद स्मृति मैदानमा जारी अन्तर नगर महिला कबड्डी प्रतियोगिताको क्वाटर फाइनल समिकरण पुरा भएको छ । प्रतियोगिताको क्वाटर फाइनल खेलहरु शुक्रवार हुनेछ ।
प्रतियोगिताको बिहिवार सम्पन्न विराटनगर महानगरपालिका र महाकाली नगरपालिका बीचको खेलमा महाकालीले विराटनगरलाई ४८–१७ ले पराजित गरेको छ भने महाकाली नपाका रक्षा धामी म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै सिद्धिचरण नपा र कलैया उपमहानगरपालिका बीचको खेलमा कलैयाले सिद्धिचरणलाई ६२–१८ ले पराजित गरेको छ । उक्त खेलमा कलैयाका जलशा चौधरी म्यान अफ द म्याच घोषित भएका छन् ।


किर्तिपुर नपा र पनौती नपाबीच भएको प्रतिस्पर्धामा पनौतीले किर्तिपुरलाई २६–२४ ले पराजित गरेको छ । पनौतीका रश्मि थापा म्यान अफ द म्याच घोषित भएका छन् ।
त्यस्तै कलैया उपमहानगरपालिका र पोखरा महानगरपालिका बीच भएको खेलमा पोखराले कलैयालाई ५३–२० ले पराजित गरेको छ । यस खेलमा पोखरा महानगरपालिकाका आशिका नेपाली म्यान अफ द म्याच घोषित भएका छन् ।
भिमदत्त नपा र पनौती नपाबीच भएको खेलमा भिमदत्तले पनौतीलाई ७३–१९ अंकको फराकिलो अन्तरले पराजित गरेको छ ।