पतिको कुटपिटबाट पत्नीको मृत्यु

भक्तपुर, फागुन २५
भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा पतिको कुटपिटबाट पत्नीको मृत्यु भएको छ । झौखेल पिपलबोट नजिक एक स्थानीयको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भएका २५ वर्षिय सन्तोष भुजेलको कुटपिटबाट उनका पत्नी २१ वर्षिय पवित्रा राईको मृत्यु भएको हो ।
सन्तोषले बिहिवार साँझ मादक पदार्थ सेवन पत्नी पवित्रालाई कुटपिट गरी गम्भिर घाईते बनाएका थिए । घाईते पवित्रालाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यही उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताउनुभयो । प्रहरीले सन्तोषलाई पक्राउ गरी आवश्यक कारवाही गरिरहेको छ ।