प्रोक्सिमाको वार्षिकोत्सवमा अभिभावकको स्वास्थ्य परीक्षण

भक्तपुर, फागुन १९
भक्तपुरको आदर्शस्थित प्रोक्सिमा ईन्टरनेसनल एकेडेमीको वार्षिकोत्सवको अवसरमा शनिवार अभिभावकहरुको स्वास्थ्य परीक्षण गर्नुका बृहत शैक्षिक प्रदर्शनी आयोजना गरेको छ ।
प्रोक्सिमाले विपि नेत्र प्रतिष्ठानको सहकार्यमा अभिभावकहरुको आँखा, हिमालय डेन्टर केयरको सहकार्यमा दाँत र सिद्धि स्मृति अस्पतालको सहकार्यमा जनरल स्वास्थ्यको परीक्षण गरिएको एकेडेमीका प्रवन्ध निर्देशक धर्मरत्न खाईतुले जानकारी दिनुभयो ।
सो अवसरमा विद्यार्थीहरुले तयार गरेको विविध शैक्षिक सामग्रीहरुको प्रदर्शन गरिएको थियो । साथै चित्रकला प्रदर्शनी र खानाको स्टल समेत राखिएको थियो ।


कार्यक्रममा नेपाल कानून आयोगका पूर्व अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता बाबुराजा जोशीले विद्यालयले विद्यार्थीहरुको शिक्षाका साथै उनीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरु सबै पढाईमा अब्बल हुन्छन भन्ने छैन । उनीहरु कोही कलामा, कोही गीत संगीत, कोही साहित्य र कोही खेलकुदमा पोख्त हुन सक्छन । विद्यालयहरुले उनीहरुको ती प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गर्नुपर्छ ।”
उहाँले अभिभावकहरुले पनि विद्यार्थीहरुको भावना, ईच्छा आकांक्षा बुझेर लगानी गर्नुपर्ने सुझाव दिनुभयो । विद्यार्थीहरुले अभिभावहरुले आफ्नो ईच्छा लाड्न नहुनेमा उहाँको जोड थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गीत संगीत, नृत्यमार्फत आफ्नो कला प्रदर्शन गरिएको थियो ।