प्रथम जिल्ला स्तरीय शिन क्योकुशिन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

भक्तपुर, फागुन १४
प्रथम जिल्ला स्तरीय शिन क्योकुशिन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सोमवार मध्यपुर थिमिको कराँते एकेडेमीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति भक्तपुरको आयोजनामा सम्पन्न प्रतियोगितामा महिला र पुरुषको ३÷३ तौल समूह गरी कुल ६ स्वर्णको लागि प्रतिष्पर्धा भएको थियो ।
प्रतियोगिताको महिला ४० केजी मुनी तौल समूहमा दक्षिणा घलानले स्वर्ण, शोभा राईले रजत र मनिषा थापामगर एवम् विनिसा तामाङले काँस्य पदक हासिल गरे ।
महिला ४५ केजी मुनीको तौल समूहमा आशा स्याङताङले स्वर्ण, अरुणिमा तामाङले रजत र भूमिका सुनुवार एवम् अञ्जना लामाले काँस्य पदक जिते ।


महिला ५० केजी मुनी तौल समूहमा सरु थापामगरले स्वर्ण पदक जिते भने कृष्टी तामाङले रजत, जेनिशा तामाङ र आशिका तामाङले काँस्य पदक जित्न सफल भए ।
यसैगरी पुरुष ४५ केजी मुनी तौल समूहमा जगत प्रजाले स्वर्ण, प्रेम राइका मगरले रजत, दिप्सन सिवाकोटी र सुशान्त तामाङले काँस्य पदक जिते । पुरुष ५० केजी मुनी तौल समूहमा बसन्त सारु मगरले स्वर्ण पदक जिते भने सुदान तामाङले रजत, अनोज तामाङ र किशोर तामाङले काँस्य पदक जित्न सफल भए ।
पुरुष ५५ केजी मुनी तौल समूहमा सागर तामाङले स्वर्ण, शक्ति तामाङले रजत, मुखिया लामा र विष्णु स्याङताङले काँस्य पदक हासिल गरे ।
एक दिने प्रतियोगितामा ६८ जना खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिए ।


प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेशका सांसाद किरण थापा, समितिका अध्यक्ष थापालगायतले पुरस्कृत गरे ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले खेल क्षेत्रले राष्ट्रिय र अन्तराष्ट्रिय पहिचान बनाउन मद्दत पुग्ने भएकाले खेलाडीहरुले खेलको नियम र अनुशासनमा रहेर दतचित्त भएर खेल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष एवम् नेपाल जिम्यानिष्टक संघका केन्द्रीय सचिव वचन देउजा, मध्यपुर थिमि नगरपालिकाका पुर्व नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, प्याव्सन भक्तपुरका अध्यक्ष सुरेन्द्र श्रेष्ठले खेलाडीहरुले खेलको परिणामलाई हार र जितको रुपमा मात्र नलिई थप सिक्नुपर्ने पाठको रुपमा लिनुपर्ने सुझाव दिएका थिए ।