मध्यपुर थिमि नगरपालिका वडा लिगका लागि विभिन्न समिति गठन

भक्तपुर, माघ २५
मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिता–२०८० लाई व्यवस्थितरुपमा सञ्चालन गर्न आयोजक मध्यपुर युथ एशोसियसनले बिहिवार विभिन्न समितिहरु गठन गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको विशेष उपस्थितीमा बसेको एशोसियसनको बैठकले वडा लिगलाई व्यवस्थित, सभ्य र भव्य रुपमा सफल बनाउन विभिन्न समिति गठन गरेको हो ।
जसअनुसार एशोसियसन अध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा प्रतियोगिताको प्राविधिक समिति, उपाध्यक्ष अष्ट कवेको संयोजकत्वमा अनुशासन समिति, हरिदास प्रजापतिको संयोजकत्वमा सल्लाहकार समिति, उज्वल प्रजापतिको संयोजकत्वमा सुरक्षा समिति गठन गरेको छ ।


यसैगरी फिफा रेफ्री अस्मिता मानन्धरको संयोजकत्वमा निर्णायक समिति, मनोज अधिकारीको संयोजकत्वमा स्वास्थ्य समिति, एशोसियसनका सचिव सुरेन्द्र श्रेष्ठ र सहसचिव सुनिल श्रेष्ठको संयोजकत्वमा अतिथी सत्कार, निश्चल शर्माको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, जगत प्रजापतिको संयोजकत्वमा प्रचार प्रसार, प्रतिभा अदुवा श्रेष्ठको संयोजकत्वमा स्वयम् सेवक, राजेश श्रेष्ठको संयोजकतत्वमा मैदान व्यवस्थापन समिति र ज्ञानु श्रेष्ठको संयोजकत्वमा खाजा व्यवस्थापन समिति गठन गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।
प्रतियोगिता यही माघ २९ गतेदेखी फागुन २४ गतेसम्म सानो थिमिस्थित खेल मैदानमा हुनेछ । प्रतियोगितालाई मध्यपुर थिमि नगरपालिकाले प्रायोजन गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यसवर्ष प्रतियोगिताका सबै खेलाडीहरुको बिमा गरिएको जानकारी दिए । यसैगरी यसवर्षको प्रतियोगिताको थप व्यस्थित गर्न दर्शकका लागि अस्थायी रुपमा बस्ने व्यवस्था गरिएको छ ।