कपडा धुन तताएको पानीमा डुवेर ११ महिने बालकको मृत्यु

भक्तपुर, माघ १३
कपडा धुन तताएको पानीमा डुवेर भक्तपुर नगरपालिका–५, भेलुखेलमा शनिवार एक बालकको मृत्यु भएको छ । स्थानीय लक्ष्मी प्रसाद देउलाको ११ महिने बालक लक्ष्मण देउलाको तातो पानीमा डुबेर मृत्यु भएको हो ।
खाटमा सुतिरहेका बालक अचानक कपडा धुन १० लिटरको भाडोमा तताएको पानीमा खसी डुब्न जाँदा अशक्त भएका थिए । उनलाई उपचारका लागि सिद्धी स्मृती अस्पताल भक्तपुर लगिएको थियो । त्यही उपचारको मृत्यु भएको जिल्ला प्हरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।
घटनास्थलमा जिल्ला प्रहरी परिसरका अनुसन्धान अधिकृत सहितको प्रहरी टोली प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धान गरिरहेको पाठकले बताउनुभयो ।