सभापति देउवाले लिए सांसद थापाको स्वास्थ्य अवस्थाको जानकारी

भक्तपुर, पुस २५
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाको स्वास्थ्य स्थितीका बारेमा जानकारी लिनुभएको छ । सभापति देउवा बिहिवार साँझ थापा निवास सल्लाघारी पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।
सो अवसरमा सभापति देउवाले सांसद थापाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार पद्धती र भविष्यमा गर्नुपर्ने स्वास्थ्य जाँचको बारेमा विस्तृत जानकारी लिनुभएको थापाको सचिवालयले जनाएको छ ।


सभापति देउवाले थापा निवासमा जम्मा भएका मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठलगायतका नेता कार्यकर्ताहरुसँग संक्षिप्त छलफल गर्दै जिल्लाको विकास र जनतालाई दिने सेवा सुविधा एवम् जनचाहनालाई नै प्रमुख कर्तव्य सम्झेर काम गर्न निर्देशन दिनुभयो । उहाँले पछिल्लो समय लोकतन्त्र विरोधी गतिविधि बढेको चर्चा गर्दै कांग्रेसको मुलमन्त्रलाई आत्मसाथ गर्दै जनताको सेवक भएर काम गर्न समेत निर्देशन दिनुभयो ।
सांसद थापा दाहिने पट्टिको हिप रिप्लेसमेन्ट सर्जरीपछि घरमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । उहाँको भारतको दिल्लीस्थित फोर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले शल्यक्रिया गरेको थियो ।